Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


आगामी चैतमा स्थानीय निर्वाचन असम्भवः आयुक्त डा.यादव


0
Shares

राजविराज, मंसिर १२ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले आगामी चैत्र मसान्तभित्र स्थानीय निकायको निर्वाचन हुने संभावना नरहेको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय राजविराजमा आइतबार पत्रकार सम्मेलनमा उनले राजनीतिक दलहरु अहिले पनि दुविधामा रहेकोले निर्वाचनको सम्भावना क्षीण छ भने ।

विदेशमा रहेकाहरुको पनि मताधिकार सुनिश्चित गर्न आयोग गम्भीर रहेको भन्दै यादवले अनलाई मतदानका लागि सफ्टवेयर विकास गर्ने काम भईरहेको जानकारी दिए ।

Skip This