Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


काठमाडौंको चोक–चोकबाट आन्दोलन थाल्ने विप्लवको चेतावनी

अनेरास्ववियु क्रान्तिकारीले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले ठूला दलहरुका शीर्ष नेताहरुले अवैध धन्दा चलाईरहेको आरोप लगाए । यतिखेर राज्यसत्ता नै जनताको विरुद्धमा रहेको टिप्पणी गर्दै चन्दले राज्यसत्तालाई जनताको पक्षमा ल्याउन काठमाडौंका चोक चोकबाट आन्दोलन थालिने पनि बताए ।