
निरंकुशताविरुद्धको आन्दोलनका अगुवा रामप्रसाद राईको जीवनीमा आधारित पुस्तक ‘जननायक रामप्रसाद राई’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले क्रान्तिकारी र परिवर्तनकारीलाई राज्यले सम्मान दिन नसकेको बताएका हुन् ।
उनले २००८ साल माघ ८ गते निरंकुशताकाविरुद्ध सिंहदरबार घेराउ गर्न पुगेका राईलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राणाशासन समाप्त पार्न राईले गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न अन्य दलहरुसँग छलफल गरिने उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले कोसी कोरिडोरको नामाकरण राईकै नामबाट गराउन पहलसमेत गर्ने बताए ।
कार्यक्रममा राईलाई क्रान्तिका लागि साथ दिने इन्द्रप्रसाद श्रेष्ठ र तुलसी रेग्मीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्