समितिको बुधबार बसेको बैठकले समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावसहितको विधेयक पारित गरेको हो । उपसमितिले सरोकारवालाहरुसँग दफाबार छलफलपछि प्रतिवेदन तयार पारेर हिजो पूर्ण समितिमा पेश गरेको हो । समितिको बैठकमा निर्वाचनका लागि थ्रेस होल्ड कति राख्ने भन्ने विषयमा छलफल भए पनि टुंगोमा पुग्न सकेन । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका…