आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित दलहरुलाई सहभागी गराउने अन्तिम प्रयासस्वरुप शुक्रबार दिनभरजसो भएका वार्ता निश्कर्षउन्मुख बनेको नेताहरुले दाबी गरेका छन् । शुक्रबार साँझ भएको वार्तापछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसकेन्द्रित दलहरुसँग सहमति जुटेको र शनिबार त्यसलाई अन्तिमरुप दिइने बताए । संविधानको धारा २७४ को उपधारा ७ र…