कांग्रेस र माओवादी केन्द्रले आपसमा सहयोग गर्दै चुनावी प्रचार–प्रसारमासमेत सँगै जाने सहमति गरेका छन् । कांग्रेसको तर्फबाट कास्की कांग्रेसका सभापति कृष्ण केसी र माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष दीपक कोइरालाले मंगलबार संयुक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पोखरा–लेखनाथ महानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रले कांग्रेसका रामजी कुँवरलाई सघाउने छ भने अरु पदमा दुबै दलका आ–आफ्ना…