प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मंसिर दोस्रो साताभित्र एकैदिनमा निर्वाचन गर्ने सहमति भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने मंसिर १० गतेभित्र निर्वाचन हुनुपर्ने धारणा राखेको छ । यस्तै, संविधान संशोधनको विषयलाई पनि भदौ ५ गतेभित्र मतदान प्रक्रियामा लगेर टुंग्याउने सहमतिसमेत भएको नेताहरुले बताएका छन् ।