नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमन्डलसँग मंगलबार राजधानीमा करिब एक घन्टा भएको भेटवार्तामा माओवादी केन्द्रले सो आग्रह गरेको हो । नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग भइरहेको सन्दर्भमा चिनियाँ लगानी र प्रविधि मुलुकका लागि अत्यावश्यक रहेकोमा जोड दिँदै माओवादीले ‘वान बेल्ट वान रोड’ रेलमार्ग, सडक यातायातलगायत क्षेत्रमा गरेको लगानी र सहयोग…