Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बाढीपीडितलाई एमाले सांसदबाट एक महिनाको तलब


0
Shares

                                                                               फाइल फोटो
संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद भवनमा बसेको दलको बैठकले बाढी–पहिरोबाट ज्यान गुमाएहरुका परिवारलाई प्रतिमृतक रु पाँच लाख प्रदान गर्न सरकारसित मागसमेत गरेको छ ।

बाढी–पहिरो पीडितको उद्धार, खोज, पुनःस्थापना, राहतलगायत कार्यक्रम तुरुन्त ल्याउन पनि सरकारसित माग गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

बैठकले भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका कारण नेपाली भूभाग डुबानमा परेको जनाइ सोबारेमा अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन सरकासित माग गरेको जनाइएको छ ।

विभिन्न माग राखी अनशनरत् प्रा. डा. गोविन्द केसीका माग पूरा गर्नसक्ने जति पूरा गर्न सरकारसित माग गर्दै पूरा गर्न नसकिने माग पूरा नहुनेबारे प्रा. डा. केसीलाई जानकारी गराउन पनि बैठकले माग गरेको छ । रासस

Skip This