प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेका लागि बैठक बोलाएका हुन् । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
निर्वाचन आयोगले भदौ १ सम्म निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरिसकेको छ । दलीय सहमति जुटाएर निर्वाचन घोषणा गर्ने तयारीका लागि प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले बुधबार अपराह्न ४ बजे प्रमुख तीन दलको बैठकसमेत बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछि सर्वदलीय बैठक बस्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्