महाकाली नदीमा निर्माण हुने पुलको शिलान्यास गर्न जाने क्रममा प्रधानमन्त्री देउवाले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब पश्चिम नेपालको विकासको ढोका खुलेको बताएका हुन् । उनले पुल निर्माण देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना सावित हुने दाबी गरे । भारतका औद्योगिक शहरसँग सिधा सम्पर्क कायम गर्न महाकाली नदीको पुल र सुख्खा वन्दरगाह कोषेढुंगा सावित हुने…