शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतैपनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भएपनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए । एक अर्को प्रसंगमा उनले ‘उच्चतहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित…