Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव लज्जास्पद : एमाले नेता नेपाल


0
Shares

प्रेस चौतारी नेपाल चितवनले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले कांग्रेसको यो प्रस्तावले दुनियाँलाई लज्जित बनाउने काम गरेको भन्दै यसले कांग्रेसको साखलाई नै गिराएको बताए । सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकोले एकदिन उसको हैसियत प्रजापरिषदको जस्तै हुने नेता नेपालले दावी गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो, नेपालको आन्तरिक विषय, सार्वभौम संसदको अधिकारको बिषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’

Skip This