टिकट वितरणमा नेतृत्वले न्याय नगरेको भन्दै सांसद बिचारीप्रसाद यादवको नेतृत्वमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर–२० का आकांक्षी रामकिशोर सिंहलाई टिकट नदिएको भन्दै उनका सर्मथकहरुले पनि तालाबन्दी गर्दै धर्ना दिएका छन् । सिंहले पार्टीले आफ्नो कामको अवमूल्यन गरेको र चाकरी गर्नेहरुलाई टिकट दिएको आरोप लगाउँदै मंगलबार भन्डारफोर कार्यक्रमसँगै पत्रकार सम्मेलन गरी…