थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग दुई चरणमा चुनाव गर्नुको औचित्य नरहेको जिकीर गरे ।
निर्वाचन आयोगले मंसिर ४ र २१ गते दुई चरणमा गर्न शुरुमै प्रस्ताव गरेकामा एमालेकै सुझावपछि १० गते एकै चरणमा गर्ने निर्णय गरिएको तर अहिले उल्ट्याइएको भन्दै आपत्ति जनाए ।
आजै बसेको मन्त्रिपरिषद बैठकले मंसिर १० र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय गरेको छ ।
दुई चरणमा चुनाव गराउने विषयमा एमालेसँग सरकारले परामर्शसमेत नगरेकोमा ओलीको गुनासो थियो ।
निर्वाचनमा धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउन पनि उनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।









प्रतिक्रिया दिनुहोस्