स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा एमाले केन्द्रीय प्रचार विभागले बिहीबार राजधानीमा गरेको राष्ट्रिय प्रचार भेलामा अध्यक्ष ओलीले सरकार नै राष्ट्रलाई विखण्डनतिर लैजाने षड्यन्त्रमा लागिरहेको आरोप लगाए । उनले चुनावको मुखमै आएर सरकारले विभिन्न बहाना गरी निर्वाचन भाँड्ने षड्यन्त्र गरिरहेको दाबी गरे । ओलीले चुनावको आवरणमा सरकारले तराई र पहाडलाई छुट्याउन खोजिरहेको जिकिर गर्दै सरकार…