Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


संसद बैठक बस्दै नबसी स्थगित

अपराह्न ३ बजेका लागि डाकिएको बैठक बस्दै नबसी सूचना टाँस गरेर शुक्रबार (भोलि) बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई बैठकको कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित गरिएको जनाइएको छ ।