काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमन्डलसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले सो विषयमा चासो व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासा धेरै आएकाले…