तनहुँ, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोकतन्त्रको आडमा देशमा भ्रष्टाचार र लुटतन्त्र चलिरहेको जिकिर गरेका छन् ।
राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा बुधबार तनहुँको सदरमुकाम दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा लुटतन्त्र मौलाइरहेको बताए ।
जनतालाई मालिक बनाउँछौं भन्नेहरुले लाखौं युवाहरुलाई विदेश खेदेको उनको आरोप थियो ।
अध्यक्ष थापाले राष्ट्रियता र पहिचानको रक्षाका लागि सबैजना एकजुट हुनुको विकल्प नभएको बताए ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा बुधबारै काठमाडौं उपत्यका प्रवेश गर्दैछ ।









प्रतिक्रिया दिनुहोस्