Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात

काठमाडौं, मंसिर ७ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।  काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।  उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । (रासस)