Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


कांग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता


0
Shares

काठमाडौं, असार ६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत् नेपाली कांग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचार–विमर्श हुने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले राससलाई बताए । रासस