शुक्रबार भक्तपुरमा रासससँग कुराकानी गर्दै उनले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवापुस्तालाई हस्तान्तरण गरेको बताए । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उनले भने–‘मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिनँ, नेमकिपाको अबको राजनीति युवापुस्ताले हाँक्छन् ।’ उमेरका…