गोरखा नगरपालिका–११ को सिर्दिखोला पुलनजिकै सडकछेउमा बोराभित्र राखिएको बम बिहीबार अपराह्न विस्फोट भएको थियो । उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा२च ९४६३ नम्बरको गाडीनजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक प्रकाश अधिकारीकाअनुसार उम्मेदवार श्रेष्ठको प्रचार टोलीका चारजना नुहाइ–धुवाइ गर्न र गाडी धुन सिर्दिखोलामा जानेक्रममा सो…