शनिबार दिउँसो ३ बजेतिर पौडेललाई लक्षित गरी बम प्रहार भएको हो । बम प्रहारबाट वरिष्ठ नेता पौडेल सवार गाडीको सिसा फुटेको जनाइएको छ । पौडेल सवार बा१३च ३७४२ नम्बरको जिपमा बम प्रहार भएको हो । पौडेल र उनीसँग रहेका टोलीका सदस्यहरु भने सुरक्षित रहेका छन् । अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।…