काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाउन सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच जिल्ला कमिटी इन्चार्ज र सह–इन्चार्जका बारेमा मोटामोटी सहमति भएपछि आज सचिवालय बैठक बोलाइएको हो ।…