सरोज अधिकारी र सुन्दर गुरुङ (इमेज) काठमाडौं, कात्तिक ८ । केही समय मथ्थरजस्तो देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । उपनिर्वाचनमा पार्टीलाई पहिलो बनाउने उद्देश्य राखेको कांग्रेसभित्र त्यही निर्वाचनको मुखमा फेरि विभाग गठनको विषयलाई लिएर विवाद बढेको हो । संस्थापनपक्षले पदाधिकारी मनोनयनदेखि पार्टी विधानसमेत केन्द्रीय समितिको बहुमतबाट पारित गराएपछि झस्कँदै आएको रामचन्द्र…