काठमाडौं, कात्तिक १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश प्रमुखमा नियुक्त गर्ने व्यक्तिहरुको नामावली टुंगो लगाउँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुख बनाउने व्यक्तिबारे टुंगो गर्ने छ । सरकारले आइतवार सातै प्रदेशका प्रमुखलाई एकसाथ बर्खास्त गरेको थियो । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै जनालाई सरकारले…