काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतविरुद्ध भइरहेको आन्दोलन सशक्त पार्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । भारतले लिपुलेका कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेपछि भइरहेको बिरोध कायक्रमलाई सशक्त पार्न सभापति देउवाले विद्यार्थी नेताहरुलाई निर्देशन दिएका हुन् । नेविसंघ नेताहरुसँग शनिबार बिहान बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा सभापति देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको…