काठमाडौं, पुस १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अरु राजनीतिक दलहरुसँग गठबन्धन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको मनोनयनपत्र दर्ताअगावै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाहेकका राजनीतिक दलसँग सहमति गर्ने निर्णय गरेको हो । गठबन्धन गर्ने जिम्मा केन्द्रीय समितिले पदाधिकारीहरुलाई दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी…