काठमाडौं, माघ ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ । पार्टीले सभामुखबारे निर्णय नगर्दासम्म उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिइरहेका बेला नेकपाकै नेताहरुले भने उपसभामुखको राजीनामाबिना नयाँ सभामुखको उम्मेदवार चयन हुनै नसक्ने बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणअघि नै राष्ट्रपति, प्रधानमन्त्रीसहितको…