विदेशमा अलपत्र नेपालीलाई कल्याणकारी कोषबाट स्वदेश फर्काउने सरकारको निर्णय • Image Khabar Image Khabar


विदेशमा अलपत्र नेपालीलाई कल्याणकारी कोषबाट स्वदेश फर्काउने सरकारको निर्णय


Imagekhabar
१ श्रावण २०७७, बिहीबार १९:०९

विदेशमा अलपत्र नेपालीलाई कल्याणकारी कोषबाट स्वदेश फर्काउने सरकारको निर्णय

काठमाडौं, साउन १ । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमबाट ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णहरु सार्वजनिक गर्दै वैदेशिक सरकारका प्रवक्ता डा. युवराज खतिवडाले रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीको उद्धर सम्बन्धी कार्यविधि तयार पारिएको बताउनुभयो ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर अलपत्र परेका आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ति गर्न लागेको हो ।

श्रम मन्त्रालयले तयार गरेको कार्यविधिमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोरिने व्यवस्था गरिएको छ ।

यस्तै वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरुको हकमा भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ ।

सम्बन्धित रोजगारदाताले कामदारलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने, कामदारको अवस्था, तलवलगायत सेवा सुविधा पाएको वा नपाएको बारे कुटनीतिक नियोगले छानबिन गर्ने र बोर्डले आवश्यक खर्च कुटनीतिक नियोगलाई निकासा गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्का निर्णहरु

सम्बत्-२०७७-साल-असार-२९-गतेका-मन्त्रिपरिषद्-बैठकका-निर्णयहरू

प्रतिक्रिया दिनुहोस्