१२ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मन्त्री क्वाटर अगाडी धर्ना • Image Khabar Image Khabar


१२ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मन्त्री क्वाटर अगाडी धर्ना


Imagekhabar
१ श्रावण २०७७, बिहीबार १२:३६

१२ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मन्त्री क्वाटर अगाडी धर्ना

काठमाडौं । सरकार र सत्याग्रही युवाबीच गरिएको १२ बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको भन्दै स्वतस्फूर्त रुपमा युवाहरुको समूहले विहीबार मन्त्री क्वाटर हरिहरभवन अगाडी धर्ना दिएको छ ।

पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १२ दिनसम्म अनसनमा बसेका युवाबीच गरिएको सहमतिको सरकारले बेवास्ता गरेको भन्दै उनीहरु धर्ना बसेका हुन् ।

पीसीआर परीक्षणको दायरा नबढाउँदा संक्रमितहरुको संख्या बढेको र क्वारेन्टाइन सुधारमा समेत कुनै पहल नभएको भन्दै रुष्ट भएका उनीहरुले अव मन्त्रीहरुको घरघरमै गई धर्ना दिने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्