काठमाडौं, माघ ८ । सभामुखको उम्मेदवार टुंगिएसँगै विपक्षी दलका नेताहरू उपसभामुखको उम्मेदवारको आन्तरिक छलफलमा जुटेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एकै दलको हुन नपाउने भएपछि उपसभामुख आफ्नो दलको बनाउन सरकार बाहिरका दल सक्रिय भएका हुन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले पनि उपसभामुखमा दावेदारी प्रस्तुत गरिसकेका छन् । सरकार बाहिर रहेर पनि…