Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेकपा स्थायी कमिटि बैठक सुरु, ओली अनुपस्थित


0
Shares

NCP standing committee metting

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक सुरु भएको छ । बालुवाटारमा भर्खरै सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुहुन्न ।

बैठक सुरु हुनुअधि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीबीच छलफल भएको थियो । सहमतिमै ओली बैठकमा उपस्थित नभएको स्रोतले बताएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेका लागि सारिएको थियो ।

अहिले भर्खरै बैठक सुरु भएको बताइएको छ । आन्तरिक विवादका कारण स्थायी कमिटि बैठक पटक पटक स्थगित हुँदै आएको छ ।