काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बुधबार सांसदहरुले साेधेका प्रश्नको जवाफ दिनुहुने भएकाे छ। सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत…