Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


रसुवा बाढी : उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको हो । उहाँले बैठक बाढीजन्य विपद्पछिको खोज, उद्धार र राहतको…