काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि काठमाडौंको खुलामञ्च तयार भएको छ। महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थानबाट आएका प्रतिनिधि तथा नेता–कार्यकर्ता खुलामञ्चतर्फ पुग्न थालेका छन्।
महाधिवेशनको औपचारिक उद्घाटन आइतबार (आज) दिउँसो २ बजे हुने छ। उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजकले आवश्यक तयारी पूरा गरेको जनाएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि काठमाडौंका विभिन्न स्थानमा बसोबासको प्रबन्ध गरिएको छ। कलंकी, बालाजु, गौशाला, कोटेश्वर, लाजिम्पाट, चाबहिल, ठमेल, नयाँ बसपार्क र सुन्धारालगायत क्षेत्रमा उनीहरूको आवासको व्यवस्था गरिएको छ।
त्यस्तै, निजी सवारीसाधन लिएर महाधिवेशनस्थल पुग्नेहरूका लागि पनि विभिन्न स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, धरहराको भूमिगत पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारी पार्किङको व्यवस्था गरिएको बताइएको छ।









प्रतिक्रिया दिनुहोस्