काठमाडौं, माघ १७ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भएपनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भएपनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन् । ‘नेपाल खुला…