कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी) को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन् । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए । देशको हितमा हुने सम्झौता गर्न सरकार…