काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले भोटको व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । छ महिनाभित्र गठन गर्नुपर्ने विभाग विधानविपरीत महाधिवेशनको सम्मुखमा गर्नु सभापति देउवाको भोटको राजनीति भएको कोइरालाको आरोप छ । सभापति देउवा १४औं महाधिवेशन प्रभावित गर्न लागिपरेको भन्दै महामन्त्री कोइरालाले पार्टीभित्र देउवाको व्यक्तिवाद हावी भइरहेको जिकिर गर्नुभयो…