काठमाडौं, फागुन ५ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रको हवाई निरीक्षण गरेको छ । अत्याधिक हिमपातका कारण अतिक्रिमित क्षेत्र भन वरै नेपाली भूभागमा हेलिकोप्टर ल्याण्ड गर्ने प्रयास समेत सफल नभएपछि उपप्रधानमन्त्री पोखरेलको टोली हेलिकोप्टरबाटै निरीक्षण गरेर दार्चुलाको खलंगा फर्किएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी युगनाथ पौडेलले हिमपातका कारण…