अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाविपरीत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता यथास्थितिमा पास नगर्न सुझाव दिएको छ । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिबाट गठित कार्यदलले प्रधानमन्त्रीको धारणाविपरीत प्रतिवेदन दिएपछि एमसीसी सम्झौताको भविष्यमै प्रश्न उठेको छ । एमसीसीको विषय सतर्कतापूर्वक…