नवलपरासीमा राजनीतिक दलको धर्ना • Image Khabar Image Khabar


नवलपरासीमा राजनीतिक दलको धर्ना


इमेजखबर
२३ भाद्र २०७७, मंगलवार १६:०३

नवलपरासीमा राजनीतिक दलको धर्ना

नवलपरासी, भदौ २३ । निषेधाज्ञाको अवज्ञा गर्दै पश्चिम नवलपरासीका राजनीतिक दलहरुले मंगलबार सदरमुकाम परासीमा धर्ना दिएका छन् ।

कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद भएको भन्दै छानबिन गरी दोषीलाई कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेससहित सबै राजनीतिक दल, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, रामग्राम नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख र नागरिक समाजका प्रतिनिधिले धर्ना दिएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेसन गरिएको थियो । अपरेसनपछि कोरोना संक्रमण देखिएका उनको उपचारकाक्रममा भदौ १ गते ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो ।

उनीहरुले कोरोना संक्रमणका कारण नभइ अपरेसनमै लापरबाही भएको भन्दै छानबिन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्