सिन्धुपाल्चोक, जेठ ३० । सिन्धुपाल्चोकमा सरकारले गरेको संस्थागत भ्रष्टाचार विरुद्ध कांग्रेसले प्रदर्शन गरेको छ । कांग्रेस क्षेत्र नम्बर १ ले बलेफि गाउँपालिकाको लामोसाँघुमा सरकारले गरेको भ्रष्टाचारका विरुद्ध शुक्रबार नारावाजी गरेका छन् । सरकारले गरेको १० अर्ब खर्चको हिसाब खै भन्दै उनीहरुले बजार परिक्रमा गरेका छन् । सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार, आरडीटी किट खरिदमा…