सानेपामा सर्वदलीय बैठक सुरु, नेकपाका असन्तुष्ट पक्षसाथै जसपा लगायत दलहरुको सहभागिता « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


सानेपामा सर्वदलीय बैठक सुरु, नेकपाका असन्तुष्ट पक्षसाथै जसपा लगायत दलहरुको सहभागिता


0
Shares

काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गर्न आवश्यक रणनीति तयार गर्न नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री वर्षमान पुन र नेकपा नेतृ पम्फा भुसाल सानेपा पुगेका छन् ।

बैठकमा नेकपाको असन्तुष्ट पक्षसाथै नेपाली काग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरु सहभागी छन्।