Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


प्रजातान्त्रिक युवा संगठनद्वारा काठमाडौंको बौद्धमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मंगलबार काठमाडौंको बौद्धमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । संगठनले कोरोना भाइरस संक्रमण नियन्त्रण भन्दापनि भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारको विरोध गरेको छ । विरोध कार्यक्रममा युवा संगठनका अध्यक्ष कैलाश कटुवाल, सचिव हिक्मतजंग कार्कीलगायतले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।