Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


‘म व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ’


0
Shares

politics kp oli

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता रहेको दाबी गरेका छन् ।

दाहाल–नेपाल समूहको नेकपा केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले आफू कुनै व्यक्ति वा गुटको प्रवक्ता नभएको बताउँदै नेकपाकै प्रवक्ता रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै तथाकथित गुट वा भेलाको निर्णय नेकपा प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित छैन ।’

मंगलबार दिउँसो ओली समूहको नेकपा केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर उनको स्थानमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो ।