Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


महाधिवेशनका लागि झापाबाट १७ जना चयन


0
Shares

झापा, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशनका लागि झापाका १७ जनाले जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेको महाधिवेशन आयोजक कमिटीमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठकसहित लालप्रसाद साँवा, दीपक कार्की, प्रेम गिरी, हरिचरण शिवाकोटी, रोमनाथ ओली, मेनुका काफ्ले, अर्जुन राई, हरिचरण बाँनिया, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिराकुमार थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल रहेका छन् ।

संविधानसभा सदस्य समेत रहनु भएका गिरीको जिम्मेवारी यकीन भइनसकेको बताइएको छ ।

गिरीले पनि नयाँ जिम्मेवारी पाए झापाबाट १८ जना नेकपाका नयाँ केन्द्रीय सदस्य हुनेछन् ।