काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजीपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै जवाफ माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले ईजीपी प्रणाली ह्याक भएको भन्दै सरकारले बन्द गर्न लागेको सूचना प्राप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले ह्याक भएको भन्दै बिचौलीको प्रभावमा सरकारले ईजीपी प्रणाली नै बन्द गरेर नयाँ प्रणाली ल्याउने तयारी गरिहरहेको सूचना प्राप्त भएको पनि बताउनुभयो ।
उहाँले ईजीपी सिस्टम तत्काल खुलाई पूर्ण सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ह्याक भएको भए ह्याकिङमा संलग्नहरुलाई छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने समेत बताउनुभयो ।
सांसद कार्कीले भन्नुभयो, ‘सुनिएअनुसार सरकारले विद्युतीय खरिद प्रणालीमा ह्याक भएको भनेर यसलाई बन्द गर्न खोज्दैछ भन्ने कुरा सुनेका छौँ । त्यसकारण सबै सरोकारवालाहरुको तर्फबाट सरकारलाई के आग्रह गर्न चाहान्छु भने ईजीपी सिस्टम तत्काल खुलाइयोस्, पूर्ण सञ्चालनमा ल्याइयोस् । ह्याक भएको भए ह्याकिङमा संलग्नहरुलाई छानविन गरी आवश्यक कारबाही गरियोस् । कसैलाई पनि उन्मुक्ति नदिइयोस् । पुराना कोडहरुले यो सिस्टम चल्दैन भनेर केहीले बिचौलिया तथा कर्मचारीहरु र व्यवसायीहरुको समेत मिलेमतोमा सरकारलाई प्रभावमा पारेर यो ईजीपी सिस्टमलाई नै कोल्याप्स गर्न खोजिँदैछ । र त्यसको ठाउँमा नयाँ ल्याउने तयारी भइरहेको भन्ने कुरा पनि जानकारीमा आएको छ । त्यसो नहोस् । यदि त्यसो भयो भने डिजिटल शासनको कुरा गरेर आएको सरकार, समृद्धि र सुशासन ल्याउँछौँ भनेर आएको सरकार फेरी कागजी युगमा फर्किनुजस्तो बिउडम्बना केही पनि होइन ।’
डिजिटल शासन र सुशासनको प्रतिबद्धता जनाएको सरकारले ईजीपी हटाएर पुनः कागजी प्रक्रियातर्फ फर्किनु विडम्बना हुने उहाँको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्