काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी समितिबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी समितिमै विवाद समाधानको प्रयास गरिने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ठोस निष्कर्ष ननिस्किएपनि जनादेशअनुसार…